कराँतेमा अनुबाट नेपाललाई अर्को स्वर्ण पदक

| 2019 Dec 02 | 05:21 pm 51

काठमाडौं, मंसिर १६: १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेमा नेपाललकी अनु अधिकारीले स्वर्ण पदक हात पारेकी छन् ।

सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलङ्काली खेलाडीलाई ८–० अङ्कले पराजित गरिन् । उनले टिक्निकल नक आउट गरेकी हुन् ।

सोमबार ९ वटा स्वर्ण पदकका लागि भएको खेलमा नेपालले ७ वटा स्वर्ण र दुईवटा रजत जितेको छ । कातामा ३ र कुम्तेमा ४ वटा जितेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.