करणी गरेकाे अभियाेगमा कुँवर पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 09 | 07:52 pm 125

रुपन्देही, जेठ २६:  बुटवलमा किशोरीलाई पटकपटक करणी गरेकाे अभियाेगमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११, बुद्धनगर का ३७ वर्षीय विष्णुप्रसाद कुँवर रहेका छन् ।

१५ वर्षीय किशोरीलाई करणी गरेको अभियोगमा कुँवरलाई प्रहरीले आईतवार पक्राउ गरेको हो ।

विगत केही समय अगाडिदेखि किशोरीलाई करणी गर्दै आएको भन्ने उजुरीका आधारमा बुटवलबाट खटिएका प्रहरीले कुँवरलाई बिनापाते भन्ने स्थानबाट पक्राउ गरेकाे प्रहरीले जनाएको छ । अभियुक्तलाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको वडा प्रहरीले जानकारी दिएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.