कटुवा पेस्तोल र गोली सहित खरेल पक्राउ

| 2019 Apr 13 | 07:42 pm 66

बारा, चैत्र ३० : कलैया उपमहानगरपालिका–४ पन्नबागका ७५ वर्षीय खड्ग भक्त शर्मा खरेललाईकटुवा पेस्तोल १ थान, विभिन्न साईजका गोली २३ राउण्ड र खाली म्याग्जिन १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

खरेलले अवैध रकम लिएको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा र जिल्ला प्रहरी कार्यालय बाराबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको उक्त हातहतियार फेला पारी खरेललाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.