कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा नेकपा उम्मेदवार विजयी

| 2019 Nov 30 | 08:00 pm 65

कञ्चनपुर, मंसिर १४: जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्‍वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५ सय २८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई पराजित गरेका हुन् ।

तामाङले ३ सय १० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए । कुल एक हजार १ सय २९ मतदातामध्ये ९ सय २४ मत खसेको थियो। जसमा ४ मत बदर भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.