कञ्चनपुरका विभिन्न स्थानीय तहमा विप्लवकाे तालाबन्दी

रिपोर्ट नेपाल | 2019 Jul 07 | 12:57 pm 50

कञ्चनपुर, असार २२: सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेका छन् ।

विप्लव समुहले ताला लगाएका स्थानीय तहहरूमा महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, बेलडाँडीका कार्यालय र वडा कार्यालयमा ताला लगाएका हुन् ।

तालाबन्दी गरिएका कार्यालयमा विप्लव नेतृत्वको नेकपाले पर्चा पत्र छोडेका छन् । सरकारले आफ्ना नेता कार्यकर्तामाथी धरपकड, पक्राउ गरेर हत्या र स्थानीय तहले भ्रष्टाचार गरेको कारण तालाबन्दी गरेको जनाएको छ ।

सबै स्थानीय तहका कार्यालय एवं वडामा लगाएको तालाबन्दीको जिम्मा नेकपा कञ्चनपुरका सचिव राजेन्द्र विष्ट परिर्वतनले  लिएको छ । स्थानीय तह जनताको काम भन्दा पनि आर्थिक अनियमिता तर्फ उन्मुख भएकाले चेतावनी स्वरुप तालाबन्दी गरिएको उनले बताए ।

स्थानीय तहका कार्यालय एवं वडामा लगाएको तालाबन्दी प्रहरीले तोडिदिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.