ओली र प्रचण्डबीच निर्णायक वार्ता शुरु

रिपोर्ट नेपाल | 2020 Jul 05 | 12:50 pm 62

काठमाडौं, असार २१ः नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच निर्णायक वार्ता शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा सहभागी गराएका छन् । ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।

शुक्रवार भएका दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए । तीन घण्टासम्म चलेको सो छलफल निष्कर्षमा पुग्न सकेन । नेकपा स्थायी कमिटीको अर्को बैठक सोमबार बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.