ओली नेतृत्व वर्तमान सरकार आफ्नै कारणले ढल्छः सभापति देउवा

रिपोर्ट नेपाल | 2019 Apr 14 | 03:21 pm 47

धनगगढी, वैशाख १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने आकलन गरेका छन।

विभिन्न कार्यक्रममा सहभागी हुन धनगढी पुगेका देउवाले सरकार गठनको एक वर्षसम्म पनि कुनै काम नभएको भन्दै सरकार आफ्नै कारणले विघटन हुने बताए ।

प्रेस युनियन कैलाली शाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै सभापति देउवाले सरकार गठन भएपछि मुलुकमा हत्या हिंसाबढेको बताए। देउवाले सरकारकै लापरबाहीले निर्मलाको हत्या प्रकरणको तथ्य बाहिरिन नसकेको आरोप पनि लगाए।

अहिले हत्या हिंसा बढिरहेको छ। निर्मलाको हत्यारालाई समेत सरकारले बचाइरहेको छ र सरकारले विभिन्न वस्तुमा कर बढाएको प्रति देउवाले आपत्ति जनाएका थिए। हिजोआज दैनिक उपभोग्य वस्तु आलुमा पनि सरकारले कर लगाएको छ। यस्ता किसिमको नीतिले आम हुँदा खाने जनतालाई जिविकोपार्जनमा सकस भइरहेको बताए। साथै सभापति देउवाले प्रेस स्वतन्त्रतामा कमी आएको र शिक्षामा हस्तक्षेप बढेको आरोप लगाए।

सरकारकै नीतिका कारण सुदूरपश्चिम विश्वविद्यालय फस्टाउन नसकेको देउवाको आरोप छ । सभापति देउवाले सरकारले शिक्षामा हस्तक्षेपको नीति ल्याएको दावी गर्दै सुदूरपश्चिम विश्वविद्यालय लगायत त्यहाँका शैक्षिक संस्थामा सरकारले हस्तक्षेप गरिरहेको बताए।

शनिबार धनगगढी पुगेका देउवा आइतबारसम्म आधा दर्जन राजनीतिक कार्यक्रममा सहभागी भएका छन्। सभापति देउवाले नयाँ वर्षको अवसरमा देश र जनताको समृद्धिका लागि शुभकामना पनि दिएका थिए। सभापति देउवासँगै उनकी श्रीमती आरजू राणा देउवा पनि सँगै रहेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.