ओली नेतृत्वको सरकार असफल भएको गगन थापाको आरोप

| 2019 May 16 | 01:49 pm 99

सुर्खेत, जेठ २: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासमै सबै भन्दा बढ्ता भ्रष्ट्राचारमा लिप्त भएको आरोप लगाएका छन् ।

पार्टीको जनजागरण अभियान अन्तर्गत सुर्खेत पुगेका नेता थापाले बिहिबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली संघियता विरोधी भएकोले संघलाई दिनुपर्ने अधिकार केन्द्रीकृत गरेको बताए । आफूरुहसँग कुरा गर्दा सधै संघिय शासन प्रणालीको बिरोध गर्ने ओलीकै कारण संघियता असफल हुँदै गएको पनि थापाको भनाई रहेको थियो ।

मुलुकमा महंगीले आकास छुन लाग्दा समेत प्रतिपक्षलाई कटाक्ष गर्ने र टुक्का हाल्ने प्रधानमन्त्री ओली असफल सावित भएको उनको कथन थियो । प्रधानमन्त्रीको गरीमा नबुझेका ओलीले सदनमा आफ्नो सक्कली अनुहार देखाएकै कारण उनको अभिव्यक्ति रेकर्डबाट सभामुखले हटाउन निर्देशन दिएको थापाको भनाई रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.