ओलीको निरंकुशता बिरुद्द युवालाई नेतृत्वलिन नेता बिष्टको आग्रह

| 2021 Feb 21 | 09:18 am 1057

गुल्मी फागुन ९: प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसका बिरुद्द लागेका नेकपा प्रचण्ड- नेपाल समुहका प्रभाबसाली नेता एवं पूर्वमन्त्री तथा नेकपाको स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुस शैलीको सर्बत्र बिरोध भएको र उनको निरंकुस्ता प्रवृत्तिको हार र नेपाली जनताको जित छिट्टै हुने दावी गरेका छन् ।

गृहजिल्ला गुल्मीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल पक्ष निकट युवा र विद्यार्थी संगठनको प्रशिक्षण कार्यक्रममा बिष्टले समृद्धिको सपना देखाएर लोकतान्त्रिक गणतन्त्र र संविधान नै धरापमा पार्ने प्रधानमन्त्री ओली पछिल्लो समय निभ्ने बेलाको बत्तिजस्तै क्रियाकलापमा सक्रिय भएकाले उनले सोचेजस्तो प्रतिगन हुन नेपाली जनताले किमार्थ नदिने ठोकुवा गरेका छन ।

कम्युनिष्ट आन्दोलन थप सशक्त पारिन्छ,’ उनले भने, ‘नेपाली युवाले ओलीको प्रतिगमन कदापी स्वीकार गर्दैनन् ।’ युवाहरुलाई निर्देशन दिँदै बिष्टले भने– गाउँ गाउँबाट यसरी नै युवाहरुलाई उठाउनुस्, नेपाली जनताको त्याग र वलिदानीबाट ल्याएको संविधान हामी सबै मिलेर बचाऔं ।

प्रतिगमन र प्रतिगामीका विरुद्धको आन्दोलनमा पाकाहरुले थकाइ मारे भने पनि युवा नेतृत्वले पार्टीको झण्डा हातमा बोकेर आन्दोलनको अगुवाई गर्नुपर्ने बिष्टको भनाइ रहेको थियो ।

प्रधानमन्त्री ओलीले सत्ताको आडमा निर्वाचन आयोगलाई थर्काउने र सुर्य चिह्न जबर्जस्ती माग्नेगरेको उल्लेख गर्दै उनले निर्वाचन आयोग ओलीको डर र धम्कीमा नपर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले दम्भ देखाउँदैमा सुर्य चिह्न नपाउने जिकिर गर्दै उनले बहुमत सदस्य रहेको पार्टीले नै आधिकारिकता पाउने प्रस्ट पारे । अहिलेको सरकार खाडी मुलुकको तातोमा बेचिएका युवा र शिक्षा स्वास्थ्यबाट बञ्चित नागरिकको समस्यातिर भन्दा पनि नौटंकी गरेर सत्ता जोगाउने खेलमा लागेको बिष्टको आरोप थियो । आफूले श्रम मन्त्री भएर नेपालका युवाका पक्षमा काम गर्न खोज्दा सरकारबाटै आफूले भोग्नु परेको दबाबको पीडा जीवनभर बिर्सन नसक्ने पनि बिस्टले दुखेसो पोखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.