ओखलढुंगाकाे मानेभञ्ज्याङमा बस दुर्घटना तीनकाे मृत्यु, १५ घाेइत

| 2019 Jul 10 | 09:17 am 45

ओखलढुंगा, असार २५:  जिल्लाको मानेभञ्ज्याङ भन्नेस्थानमा यात्रुबहाक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै  १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बुका जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान करिब ३ बजे तिर भिरबाट तल खसेको प्रहरीले जानकारी दिएकाे हाे । साे बस दुर्घटनमा परि ज्यान गुमाउनेहरुमा दुई जना पुरुष र एक जना महिला छन् । उनीहरूकाे नाम  ठेगाना खुली नसकेकाे प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई काठमाडौं ल्याइएको छ । अन्य बाँकीको उदयपुरको घुर्मीस्थित रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । वर्षादकाे बेला बाटो चिप्लो भएर बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.