काठमाडौं, जेठ २५ः कभर गीत गाएर चर्चमा रहेकी गायिका एलिना चौहानले अर्को कभर गीत बजारमा ल्याएकी छन्। लकडाउनकै बिचमा गायिका चौहानले ‘फेरी भेट नहोला’ बोलको गीत बजारमा ल्याएकी हुन् ।
आफ्नो अफिसियल युट्युब च्यानलबाट शनिबार उनले गीत सार्बजनिक गरेकी छन् । रिकेश गुरुङ्गले गाएको सो गीतलाई एलिनाले फिमेल भर्सनमा सार्बजनिक गरेकी हुन् ।
गीतमा रिकेश गुरुङ्गको शब्द छ भने उनैले संगीत भरेका छन् । उक्त गीतले युवापुस्ताको मन जित्ने विश्वास लिएको छ। गीतले माया पछिको बिछोडको कथा बोकेको छ।
प्राय: माया प्रेमका गीत गाउने गायिका चौहान कभर गीतबाट नेपाली संगीत क्षेत्र प्रवेश गरेकी हुन् ।