एमबिएस प्रथम वर्षको पश्नपत्र सार्वजनिक गर्ने तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 12 | 05:49 pm 61

धनुषा,  साउन २७ : एमबिएस प्रथम वर्षको तथ्याङ्कशाष्त्र विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएपछि ‘म्यासेन्जर’बाट प्रश्नपत्र आउट गरी फोटोकपी गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ४ का ३० वर्षीय लिलाराज शिवभक्तिसहित अन्य दुई जना रहेको धनुषा प्रहरीले जनाएको छ ।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा परीक्षा सुरु भएपछि प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गरिदै छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.