एपीएफ टोलीद्वारा श्रोत नखुलेको सोह्र लाख रुपैयाँ सहित दुई जना पक्राउ

| 2020 Nov 20 | 06:56 pm 74

पश्चिम नवलपरासी, मंसिर५ः जिल्लाको पाल्हीनन्दन गाँउपालिका ३ स्थित सीमा ईलाकाबाट बिहीबार एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत घर बताउने २४ बर्षीय हरी दर्शन बनिया र ४९ बर्षीय बिनोद बनिया रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित रुपैयाँ फेला परेको थियो ।

उनीहरुले उक्त रकमको श्रोत खुलाउन नसकेपछि उक्त रकमसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।

चोरीपैठारीको आयुर्वेदिक औषधीसहित तीन जना पक्राउ

रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका ११ भुजौली सिमा इलाकाबाट शुक्रबार एपीएफ टोलीले करीब एक लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न किसिमको आयुर्वेदिक औषधीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका ४ का २५ बर्षीय रमजान मुसलमान, अख्तर भाट र भारत घर बताउने शेसफरेना रहेका छन् ।

भारतबाट अवैध रुपले भन्सार छली बा १७ च ७४९० नम्बरको कारमा राखेर ल्याउँदै गरेको अबस्थामा उल्लेखित आयुर्वेदिक औषधी एपीएफ टोलीले फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेश भुजौलीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेका उनीहरुलाई बरामद औषधी र सो कारसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

चोरीपैठारीको सामान बरामद

झापा जिल्लाको कचनकबल गाँउपालिका ३ स्थित डाँगीबारी इलाकाबाट एपीएफ टोलीले करीब एक लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तिजन्य पदार्थ र हार्डवयरका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम बहादुर भन्डारीको कमान्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

यसैगरी कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ७ स्थित सिमा इलाकाबाट एपीएफ टोलीले करीब दुई लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको युरिया मल र हार्डवयरका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी कन्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका १० स्थित सिमा इलाकाबाट एपीएफ टोलीले करीब एक लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइलसेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त मोबाइलसेट सशस्त्र प्रहरी बल, नेपाल बोडर आउट पोष्ट गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद मोबाइलसेट एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.