एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2020 May 20 | 09:19 pm 50

पश्चिम नवलपरासी, जेठ ७ः जिल्लाको प्रतापपुर गाउँपालिका ४ पाँचपेडा र सरावल गाउँपालिका ७ खजुरा खोलाको किनारबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको सरावल गाउँपालिका ९ रामग्रामका २७ वर्षीय जोगेन्द्र हरिजन रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका हरिजनलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम ४ सय ९४ वटा, फेनारगन ५ सय वटा, नाईट्राभेट ट्याब्लेट १ हजार ७ सय ९ वटा, स्पास्मो प्रोक्सिभन प्लस ९६ वटा, नोफिन इन्जेक्सन ४ सय ९३ र वानरेक्स ७ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका हरिजनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.