एपीएफ टोलीद्वारा लागूऔषध तथा चोरीपैठारी सामान बरामद

रिपोर्ट नेपाल | 2020 May 22 | 08:57 pm 127

रुपन्देही, जेठ ९ः जिल्लाको रोहिणी गाउँपालिका ७ टिकरबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको स्पास्मो प्रोक्सिभन क्याप्सुल ५ सय ४८ वटा, कोडिन २० बोतल र ७ वटा म्यानफोर्स ट्याब्लेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद

रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मिपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको किराना सामान तथा बीउबिजन र नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको ६ कार्टुन मदिरा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलविछवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.