एपीएफ टोलीद्वारा लागूऔषध बरामद

| 2021 Jan 27 | 06:27 pm 301

पर्सा, माघ १४ः जिल्लाको छिपहरमाई गाउँपालिका ५ भिष्वा स्थित सीमा ईलकाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको फेनरगन ३ सय ४९ वटा, नोफिन ३ सय ५० वटा र २ सय ५० वटा डाईजापाम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

उक्त समयमा लागूऔषध ल्याउने व्यक्ति एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त लागूऔषध छाडी फरार भएका थिए । बरामद लागूऔषध इलाका प्रहरी कार्यालय पोखरीयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.