एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

रिपोर्ट नेपाल | 2020 Feb 12 | 08:38 pm 64

झापा, माघ २९: जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित तेलीबारीबाट बुधबार एपीएफ टोलीले करीव तीन लाख ४४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ ।

भारतीय नम्बरको कारमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको कार समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा कार भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा बोर्डर आउट पोष्ट ठाडीझिँझाबाट खटिएको एपीएफ टोलीले करीव तीन लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

ज ८ प ६९३५ र ज १० प २६८१ नम्बरको मोटरसाईकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको धनौजी गाउँपालिका १ स्थित लखौरीबाट बरामद गरेको हो ।

एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.