एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

| 2021 Apr 07 | 07:15 pm 453

दाङ, चैत २५ः जिल्लाको राप्ती गाउँपालिका १ स्थित भालुवाङ्गबाट बुधबार एपीएफ टोलीले करीव एक लाख ४७ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५७५ नम्बरको यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको उक्त लत्ताकपडाको कागजपत्र नभएको फेलापरेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण दाङ्गबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।

यसैगरी रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ बाईपासस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव १ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

एपीएफ टोलीद्वारा आगालागी नियन्त्रण 
रौतहट जिल्लाको ईशनाथ नगरपालिका १ स्थित बन्जारामा चैत्र २४ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा लिएकाे हाे ।

सोही ठाउँमा रहेको ओमप्रकाश साह र रामेश्वर साहको खरले छाएको दुई वटा घरमा आगलागी हुँदा करीव ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताईएको छ ।

उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट खटिएको एपीएफ टोली आगालागी नियन्त्रणमा जुटेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.