एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान तथा गाेलिया काठ बरामद

रिपोर्ट नेपाल | 2020 May 19 | 08:47 am 37

सप्तरी, जेठ ६ः जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ४ स्थित चट्टी टोलबाट एपीएफ टोलीले चोरीपैठारीको १२ बोरा सुर्ती बरामद गरेको छ ।

तीन वटा मोटरसाईकलमा राखेर ल्याउदै गरेको उक्त सुर्ती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बर्साईनीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले सुर्ती ल्याउँन प्रयोग भएको उक्त तीन वटै मोटरसाईकल समेत बरामद गरेको छ । बरामद सुर्ती तथा मोटरसाईकल एपीएफ टोलीले भन्सार कार्यालय राजबिराजमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठिप्रसौनीबाट खटिएको एपीएफ टोलीले करीव एक लाख २९ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।

चोरीपैठारीगरी नेपाल ल्याएर लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको ५ सय ४ किलाे धानको बिउ, २ सय ५० किलाे युरिया मल र ३ बोरा किटनासक औषधि एपीएफ टोलीले पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका ५ मटरा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।

सालको गोलिया काठ बरामद

पर्सा जिल्लाको वीरगंज महानगरपालिका २९ स्थित रतनपुर ईलाकाबाट एपीएफ टोली, नेपाल प्रहरी र सब डिभिजन वन कार्यालय सबैयाको कर्मचारीले करीव सालको गोलिया काठ बरामद गरेको छ ।

सोही ठाउँमा रहेको जंगलबाट कटान गरी ल्याउँदै गरेको अवस्थामा २४ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वेलवाबाट खटिएको एपीएफ टोली, नेपाल प्रहरी र वन कार्यालयको कर्मचारीले बरामद गरेको हो ।

बरामद काठ सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.