एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित एक पक्राउ

| 2021 Jan 27 | 08:16 pm 405

काठमाडाैं, माघ १४ः काठमाडौं महानगरपालिका २६ लैनचौर ईलाकाबाट बुधबार एपीएफ टोलीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षीय कृष्ण चौलागाई रहेका छन् ।

एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको एपीएफ टोलीले निज चौलागाईलाई लैनचौरबाट उक्त कटुवा पेस्तोल तथा सोको एक थान गोली र एउटा मोवाईल सेटसहित पक्राउ
गरेको हो ।

एपीएफ टोलीले पक्राउ परेका निज चौलागाईलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद कटुवा पेस्तोल, सोको गोली र मोवाईलसहित नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.