एपीएफ टोलीद्वारा अवैध लागूऔषधसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 04 | 08:31 pm 94

सुनसरी, साउन २०ः जिल्लाको कोशी गााउपालिका ३ केराबारीस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको ईटहरी उपमहानगरपालिका १ बस्ने ४० बर्षीय राम प्रवेश बिक र ४२ बर्षीय अशोककुमार साह रहेका छन् ।

को २२ प ५१५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स डिसी १५ बोतल र नाईट्रोजन ट्याब्लेट १७ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

चाँदी जस्तो देखिने गहनासहित पक्राउ

रुपन्देही जिल्लाको कोटहीमाई गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले करीब तीन केजी चाँदी जस्तो देखिने गहनासहित एक जनालाई
पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको समरीमाई गाँउपालिका ४ बस्ने १८ बर्षीय ईशाद अलि रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मझगावाबाट खटिएको एपीएफ टोलीले निज अलिलाई उक्त चाँदी जस्तो देखिने गहनासहित पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका निज अलिलाई एपीएफ टोलीले जाँच गर्दा उक्त चाँदी जस्तो देखिने गहना फेला परेपछि पक्राउ गरिएको हो ।

चोरीपैठारीको सामान बरामद

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले करीब चार लाख ५० हजार रुपैयाँ बराबरको सुपारी तथा ओखर बरामद गरेको
छ ।

झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित नकलबन्दामा वेवारिसे अवस्थामा रहेको उक्त सुपारी तथा ओखर बरामद गरिएको हो ।

यसैगरी बाँके जिल्लाको डुडुवा गाँउपालिका १ चौखेरीपाजास्थित राप्ती नदीको किनारबाट एपीएफ टोलीले करीब दुई लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपले ल्याउँदै गरेको उक्त सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गंगापुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

यसैगरी महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ पिपहरुवाबाट एपीएफ टोलीले करीब दुई लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पोखरभिण्डाबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।

बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.