एक वर्षदेखि बेपत्ता श्रीमान् खोज्दै बुद्धीमाया काठमाडौंमा

रिपोर्ट नेपाल | 2022 Mar 28 | 01:21 pm 7005

काठमाडौं, चैत १४ः काभ्रे जिल्लाको साविक नाग्रे गगर्चे ७ हालको चौरी देउराली गाउँपालिका वडा नं. २ की बुद्धीमाया प्रधानले आफ्ना ३४ वर्षीय श्रीमान् विगत १ वर्षदेखि सम्पर्क बिहीन भएको जनाएकी छिन् ।

No description available.

एक छोरा तीन छोरीको बुबा खेलबहादुर प्रधान (विजय) गरिबीका कारण परिवार पालन पोषण गर्न भनि काभ्रेबाट काठमाडौं गएको श्रीमती प्रधानले रिपोर्ट नेपाललाई बताइन् । लामो समयदेखि काठमाडौंमा ज्यामी कम गर्दै आएका विजयले पछिल्लो समय सम्पर्कमा आउन नखोज्ने र आए पनि रिसाउने गरेको श्रीमतीको भनाई रहेको छ । एक वर्षदेखि लास सास दुबै पत्ता नलागेपछि आफू बाध्य भएर संचार माध्यममा आएको उनको भनाई रहेको छ ।

No description available.

गरिबीले बच्चा भोक भोकै बस्न बाध्य भएको र एक छोरी माइतीमा लगेर राखेको उनकी श्रीमतीले रिपोर्ट नेपाललाई बताइन् । दिदीसँग रिपोर्ट नेपाल पुगेका भाई राजन प्रधानले यदि अर्को श्रीमती ल्याएर कतै लुकेर बसेको भए पनि दुबै श्रीमतीलाई मिलाएर राख्न भिनाजुलाई सार्वजनिक हुन आग्रह गरेका छन् ।

साला राजनले कही कतै कसैले देखेमा आफ्नो ९७४९८२६९४५ र अरविन प्रधानको ९८५१०३८२६१ मा खबर गरिदिन आग्रह गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.