एक महिनाको घरभाडा छुट गर्न घरधनीलाई सरकारको आग्रह

रिपोर्ट नेपाल | 2020 Mar 30 | 07:47 am 244

काठमाडौं, चैत १७: मुलुक लकडाउनमा रहेको बेला सरकारले सम्पूर्ण घरधनीलाई कोठा भाडामा लिएर बस्नेहरुका लागि एक महिनाको घर भाडा छुट गर्न अनुरोध गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले घर भाडामा बस्नेहरुलाई सहयोग गर्न अपिल गर्दै एक महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको हो ।

सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले यस्तो जानकारी दिए। मिनाहा घर भाडाको घर बहाल कर सरकारले नलिने निर्णय गरेको पनि उनले जनाकारी दिए ।

त्यस्तै लकडाउन अवधिमा निजि तथा सरकारी टेलिकम कम्पनीलाई डेटा प्याक र इन्टरनेटमा २५ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.