एक नेपाली युवकको भारतमा गोली हानी हत्या

रिपोर्ट नेपाल | 2020 Feb 13 | 08:48 am 170

सप्तरी, फागुन १: भारतमा सप्तरीका एक २२ वर्षीय युवकको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादव रहेका छन् ।

उनी बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका थिए । ग्यारेजकै काम गर्न भारतको झन्झारपुर गएका थिए । ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर गएका उनीमाथि फर्किंदै गर्दा मंगलबार गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको हो ।

घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र बोदेबर्साइन–८ का अनिल यादवसँगै रहेको जनाइएको छ ।

सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको पारिवारिक स्रोतको भनाइ छ ।

पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको थियो । डम्बरको शवलाई नेपाल ल्याएर बुधबार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.