एक जना जनप्रतिनिधि रुखमा झुण्डिएको अवस्थामा शव फेला

रिपोर्ट नेपाल | 2020 Nov 20 | 04:06 pm 94

कञ्चनपुर, मंसिर ५ः जिल्लाकाे दक्षिणी भेगमा पर्ने बेलडाँडी गाउँपालिकामा एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

फेला पर्नेमा बेलडाँडी गाउँपालिका–५ का वडाध्यक्ष ५७ वर्षीय कृष्ण बहादुर रोकाया रहेका छन् । उनी घर नजिकै रहेको बाबाथान मन्दिरसंगै रहेको रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

घटनास्थल मृतक जनप्रतिनिधि रोकायाको घरबाट एक किलोमिटरको दुरीमा रहेको छ । बिहानको ७ बजे तिर घरबाट निस्केका उनको शव झुण्डिएको अवस्थामा फेला परेका थियो । अहिले घटना स्थलमा बेलडाँडी ईलाका प्रहरी कार्यालयको टोली पुगेको छ र आत्महत्या वा हत्या के हो त्यसको बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालयका प्रमुख राजेन्द्र सिंहले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.