एक घर एक सफाई अभियन्ता निस्कनु पर्नेमा मन्त्री मगरकाे जोड

रिपोर्ट नेपाल | 2019 Jun 05 | 03:13 pm 82

भक्तपुर, जेठ २१ :खानेपानी तथा सरसफाई मन्त्री विना मगरले एक घर एक सफाई अभियन्ता निस्कनु पर्नेमा जोड दिएकी छिन् । ४६ औं विश्व वातावरण दिवसको असरमा भक्तपुरको सूर्यविनायकमा आयोजित उद्यान उद्घाटन तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले एक घर एक सफाई अभियन्ता निस्कनु पर्नेमा जोड दिएकी हुन् ।

उनले घरभित्रको फोहोर मात्र नभएर टोल र वस्तीमा रहेका विकृतिको समेत सफा गर्नु पर्ने बताइन्। उनले भनिन् ‘जबसम्म हामीले विकृत मानसिकता सफा गर्न सक्दैनौ तवसम्म हामी सुखी नेपाली र संम्वृद्ध नेपाल अभियानमा साथ दिन सक्दैनौं । ’

मानव सृजित फोहोरहरुले प्रकृति र वातावरणलाई असरले गरेको र त्यसको असर पूनः मानवलाई परिरहेको उनको भनाई छ । हामी स्वच्छ र स्वस्थ रहन हाम्रो सफाई अभियान निकै महत्वपूर्ण रहेको भन्दै उनले बागमती र हनुमान्ते सफाई अभियानले चेतना फैलाउन सहयोग गरेको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.