एक्सरे गर्न पुरै कपडा खोल्न लगाउने डाक्टर पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 29 | 03:57 pm 34

दाङ, असार १५ः एक निजी अस्पतालमा एक्सरे गर्न गएकी एक महिलालाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा अस्पतालका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा घोराही लुहारसुर स्थित रहेको गोर्खा हस्पिटलका रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका वडा नं ५ निवासी २२ वर्षीय नवराज डाँगी रहेका छन्।

आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेको छ।

घोराही उपमहानगरपालिका वडा नं १८ निवासी ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई सोमबार विहान पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए।

डिएसपी खड्काले डाँगीविरुद्ध कसुर बमोजिम मुद्दा चलाएर कानुनी कारवाही हुने जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.