एकै दिन सुनको भाउ एक हजार बढ्यो

रिपोर्ट नेपाल | 2019 May 14 | 01:37 pm 74

काठमाडौं, वैशाख ३१ : मंगलबार एकै दिन सुनको भाउ तोलामा एक हजारले बढेको छ । तीन दिनयता छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेकोमा मंगलबार तोलामा रु १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन ६० हजार ७०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको छ । यसअघि सोमाबार चाँदी ७२० मा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.