ऊर्जामन्त्री पुन र बङ्गलादेशी राजदूतबीच भेटवर्ता

रिपोर्ट नेपाल | 2019 Mar 26 | 04:51 pm 27

काठमाडौं, १२ चैत :  ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागि बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा आज (मगलबार) भएको भेटवार्तामा द्विपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री पुनले बङ्गलादेशी राजदूतबीच नेपाल र बङगलादेशको बीचमा भएका सहमति र सहकार्यका बारेमा समेत छलफल भएकाे उनकाे सचिवालयले जानकारी दिएको छ ।

मन्त्री पुनले बङगलादेशमा केही समय अघि मात्र नयाँ सरकार बनेको भन्दै उक्त सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल ईच्छुक रहेको धारणा व्यक्त गरे ।

भेटमा बङ्गलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङ्गलादेशका उद्याेगी/व्यवसायीकाे पनि सहभागिता रहने जानकारी दिए । उनले ऊर्जा क्षेत्रमा लगानीका लागि बङ्गलादेश सरकार ईच्छुक रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.