उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस

रिपोर्ट नेपाल | 2022 Apr 22 | 07:21 am 197

काठमाडौं, बैशाख ९ः स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई सकस भएको छ ।

महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन बिहीबार बसेको सचिवालय बैठक उम्मेदवार टुंगो नलगाएरै सकेको छ । यसअघि सोमबार बसेको सचिवालय बैठकले बिहीबारको बैठकबाट उम्मेदवार टुंगो लगाउने निर्णय गरेको थियो ।

उम्मेदवारबारे थप अध्ययन गरेर शनिबारको सचिवालय बैठकबाट टुंगो लगाउने निर्णय बैठकले गरेको एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

सत्तारूढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट गरेर उम्मेदवार टुंगो लगाउन पार्टीको आन्तरिक तयारीमा जुटेका बेला एमालेले पार्टीका तर्फबाट स्थानीय तहमा बढी प्रभाव भएको उम्मेदबारको खोजीमा छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनमा ७५३ पालिकामा एकै चरणमा हुने निर्वाचन हुँदै छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.