काठमाडाैं, साउन २८: त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गर्न लागेको उप प्राध्यापक पदको परीक्षा स्थगित भएको छ। यसअघि पनि परीक्षा स्थगित भएको थियो। यस पटक भने परीक्षाका लागि आवश्यक तयारी नपुगेकोले स्थगित गरिएको त्रिवि सेवा आयोगले जानकारी दिए।
उप प्राध्यापक पदको परीक्षामा विभिन्न विषयका ६ सय ७२ उपप्राध्यापक नियुक्तिका लागि परीक्षा हुन लागेको थियो।
विज्ञापनमा उल्लेख गरिए अनुसार लिखित परीक्षाका लागि भदौ ४ गतेदेखि असोज १ गतेसम्मका मिति तोकिएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गत साता मात्र अध्यक्ष र सदस्य नियुक्त गरेका थिए। लामो समयसम्म पदाधिकारी रिक्त हुँदा उक्त परीक्षा अन्योलमा परेकाे थियो।
रिक्त पदाधिकारी ढिलो नियुक्त गर्दा परीक्षाको तयारी प्रभावित भएको जनाउँदै परीक्षाको अर्को मिति पछि तोकिने त्रिविले जनाएको छ।