उपचारमा लागेको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक

| 2022 Apr 10 | 03:47 pm 341

पाँचथर, चैत २७ः अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तको मनमा, बिमार कहिले ठिक होला र अस्पतालले डिस्जार्ज गरिदेला ? भन्ने हुन्छ । अस्पतालले डिस्चार्ज दिएसँगै सकेसम्म चाँडै घर पुग्ने हतारो हुन्छ ।

तर, पाँचथर फालेलुङ–५, प्राङबुङका ३४ वर्षीय शुक्रबहादुर मगर अस्पतालले झण्डै दुई महिना अघि डिस्चार्ज दिए पनि अहिलेसम्म अस्पतालको बेडमै छन् । काठमाण्डौंको चावहिलस्थित दीर्घायू गुरु अस्पतालले मगरलाई गत १ फागुनमै डिस्चार्ज दिएको हो । तर, उनको उपचारमा लागेको खर्च बुझाउन नसक्दा उनी अस्पतालमा बन्धक बनेर बस्नुपरेको छ । मगर उक्त अस्पतालको वेड नं.२१४ मा बन्धक बनेर बसेका छन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएका मगर बैदेशिक रोजगारीका लागि आवेदन दिन काठमाण्डौं पुगेका थिए । तर, उच्च रक्तचापका कारण अचानक ढलेपछि उनलाई गत ६ माघमा अस्पताल भर्ना गरिएको थियो । उनकी बहिनी निर्मला मगरका अनुसार शुक्रबहादुरको टाउकोको मेजर अप्रेशन गरिएको थियो । उनको एकापट्टिको हातखुट्टा अहिले पनि चल्न सकेका छैनन् ।

उक्त समस्या नियमित थेरापी गर्दा ठिक हुने शुक्रबहादुरको उपचारमा संलग्न चिकित्सकहरुले बताएको निर्मलाले बताइन् । अस्पतालका अनुसार अब ५ लाख ५० हजार रुपैंयाँ उपचार खर्च बुझाउन बाँकी छ । यस’bout बिरामीका आफन्तलाई जानकारी गराइएको तर, त्यसपछि आफन्त नै सम्पर्कबिहीन बनेको अस्पतालको भनाई छ ।

अस्पतालमै बन्धक बनेर बस्नुपर्दा शुक्रबहादुरको दिनहुँ बिल बढिरहेको छ । पैसा नहुँदा दाजुलाई अस्पतालबाट निकाल्न नसकिएको र थेपारी गराउन पनि छुटिरहेको निर्मलाले बताइन् । शुक्रबहादुरको अवस्था थाहा पाएपछि उनको उद्धारका लागि सहगोगि मनहरुबाट रकम जुटाउने काम भइरहेको फालेलुङ समाज काठमाण्डौंका अध्यक्ष सन्दिप राईले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.