उपकुलपति राैनियारसहित दुई जना अख्तियारकाे फन्दामा

रिपोर्ट नेपाल | 2019 Jul 11 | 10:23 pm 76

सुनसरी, असार २६: बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  धरानका उपकुलपतिसहित दुई जना अख्तियारकाे फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ लाख घुसहित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई पक्राउ गरेको छ ।

बिहीबार राजधानीबाट खटिएको अख्तियारको टोलीले उपकुलपति निवासबाट रौनियारद्वयलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेपछि अख्तियारको टोली धरान पुगेका थिए । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.