उद्योगमन्त्री मातृका यादव र कर्मचारीबीच मन्त्रालयमै हात हालाहाल

रिपोर्ट नेपाल | 2019 May 15 | 04:56 pm 135

काठमाडौं,  जेठ १ : कर्मचारी सरुवाको विषयलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र कर्मचारीहरुबीच तनाव उत्पन्न भएको छ । बुधबार मन्त्रालयमा कर्मचारी सरुवाको विषयमा कुरा गर्न गएका कर्मचारी संगठनका नेता र मन्त्री यादवबीच कुटाकुट भएको हो।

मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच कुटाकुट भएको हो। सो मन्त्रालयबाट सहसचिव विश्ववन्धु रेग्मीले उद्योग विभागमा सरुवा भएर जान खोजेपछि विनोद खड्कालाई पठाइएपछि विवाद उत्पन्न भएको थियाे ।

घुस लिएर खड्कालाई विभागमा पठाएको भन्दै युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूह मन्त्रीको सचिवालय पुगेको थियो।  यसपछि दुबै पक्षबीच भनाभन सुरु भयो। मन्त्री पनि भनाभन भएको स्थानमा नै पुगे। केही छिनमै दुबैपक्षबीच कुटाकुट भएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.