उद्योगका लागि ११ अर्ब ७४ करोड बजेट विनियोजन

रिपोर्ट नेपाल | 2019 May 29 | 06:15 pm 52

काठमाडौं, जेठ १५ : सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अरव ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट पेश गर्दै सो क्षेत्रमा ११ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।

त्यसैगरी पेट्रोलियम पदार्थको आयातलाई सहज बनाउन निर्माणाधिन मोतीहारी–अमलेखगंज पाईपलाईन विस्तारको कामलाई एक वर्ष भित्र सम्पन्न गर्ने व्यवस्था पनि बजेटमा मिलाइएको अर्थमन्त्री खतिवडाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.