उदयपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Nov 07 | 11:00 am 108

उदयपुर, कात्तिक २१: बिहीबार बिहान उदयपुरको चौदण्डी नगरपालिका वडा नम्बर ७ पारुहाङ चोकमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

ना ४ ख ८१३४ नम्बरको बसले ठक्कर दिँदा चौदण्डी नगरपालिका वडा नम्बर ८ सिद्धिपुरकी ६० वर्षीया यशोदा खुलालको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

उक्त घटना के कसरी भएको हो त्यसको विस्तृत विवरण भने आउँन बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.