-
शंकर रिखाम मगर
उदयपुर, वैशाख ८ः स्थानीय तह निर्वाचन २०७९ को मध्य नजर गर्दै रौतामाई गाउँपालिका वडा नम्वर २ स्थित रसुवा मावि भुट्टारमा निर्वाचन अधिकृतको कार्यलय उद्घाटन गरिएको छ । उक्त कार्यलय उद्घाटन कार्यक्रममा व्यानर वाचन गर्दै निर्वाचन अधिकृत सुवास भट्टराइले उद्घाटन गरेका हुन् ।
स्थानीय तह निर्वाचन २०७९ सफल बनाउनको लागि स्थानीय क्रियाशिल दलका प्रतिनिधिसंग छलफल, मनोनयन दर्ता, मनोनयन फिर्ता र मनोनयन फिर्ताको अन्तिम मिति सुचना प्रकाशन गर्ने लगाएतका सम्पूर्ण काम सक्दै चुनावी प्रकृया सम्पन्न गरि मत गणना पश्चात् विजेता प्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गरिने उद्देश्य रहेको उच्च सरकारी वकिल कार्यलय पाटनका उप न्यायधिवक्ता तथा रौतामाई गाउँपालिकाका निर्वाचन अधिकृत सुवास भट्टराइले बताए ।
उक्त कार्यक्रममा रौतामाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ्ग, शिक्षा अधिकृत, राजनितिक दलका प्रतिनिधि, शिक्षक, बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, विद्धिजिवि, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मिहरु लगायत स्थानीय सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।