-
शंकर रिखाम मगर
उदयपुर, वैशाख ५ः जाल्पा एकिकृत विकास समाज उदयपुर र वर्ल्ड भिजन इन्टरनेशन नेपालको संयुक्त साझेदारिमा सरस्वती माध्यमिक विद्यालय रौतामाई ४ मालवासेलाई ल्यापटप र कम्प्युटर सहित अन्य सामाग्री हस्तान्तरण गरेको छ ।
विश्वमा सुचना, सन्चार र प्रविधि भएन भने विश्वनै अन्धकार रहने भएकोले आजैदेखि बालबालिकाहरुलाई प्राविधिक तर्फको विद्यालयमा प्राविधिक (आइसिटि) माध्यमवाट पठन पाठन गराउन पाउँदा देश विदेशका घटना लगाएत अन्य ज्ञान गुनका कुरा र सम्पूर्ण किताबी ज्ञानका कुराहरु अध्ययन गर्दै सम्पूर्ण ज्ञानका कुराहरु सिक्दै बालबालिकाहरुको चौतर्फी विकास हुने र निजि विद्यालयमा मात्र नभई सरकारी विद्यालयमा पनि अङ्ग्रेजी र नेपालीवाट कम्प्युटर सम्वन्धी ज्ञान दिन पाउँदा अभिभावकहरु खुशी भएको सरस्वति माध्यमिक विद्यालय रौतामाई,४ मालवासेका प्रधानाध्यापक कमल वस्नेतले बताए ।
जाल्पा एकीकृत विकास समाज उदयपुर अन्तर्गत गोल परियोजनाका प्रमुख कमलवहादुर कटुवालले कम्प्युटर ल्याव सहितका सामाग्रीहरु हस्तान्तरण गरिने बारेमा विवरण प्रस्तुत गरेका थिए । उक्त सामाग्रीहरुमा ल्यापटप १ थान, डेक्टप ५ थान, कम्प्युटर टेवल ४ थान, चकटी ५०, प्रीन्टर १ थान, कार्पेट २२ मिटर, कम्प्युटर कुर्सी ८ थान, ह्वाइटवोर्ड १ थान र होचो खालको टेवल ५ थान गरि ९ प्रकारका सामाग्रीहरु रहेका छन् । उक्त सामाग्री ६ लाख ४७ हजार १६० रुपैयाँ बराबरको रहेको परियोजना प्रमुख कटुवालले बताए ।
अहिलेको प्रविधिक ज्ञान भनेको आँखा हो, त्यसैले प्रविधिमैत्री जमनामा विद्यालयका बालबालिकाहरुले कम्प्युटर माध्यमवाट अध्ययन गर्न पाउदा विश्वमा भएको परिवर्तन, अध्ययनका सङ्गालो, साथै आफ्नै गाउँको विद्यालयमा कम्प्युटर पढ्न पाउँदा गाइघाटसम्म जानू पर्ने अवस्था अन्त्य हुने हयोगी संस्था जाल्पाका सचिव केशवकुमार रायाले बताए ।
आफ्नै गाउँको विद्यालयमा हल हुने भएको र समय तथा खर्चको पनि समस्या नहुने सचिव रायाले बताउदै कम्प्युटरको सहि रुपमा सदुपयोग तथा संरक्षण होस भन्ने विद्यालयलाई सल्लाह दिएका थिए ।
आफू पढ्ने समयमा सेतो माटोको मसि, बासका कलम र काठको कालो पाटी बोकेर विद्यालय जाने गरेको र अहिलेको समयमा सिसा कलम, कापी, डटपेन मसि हुँदै कम्प्युटर जमाना आयो यो सम्पूर्ण कुराहरु कप्युटरमै रहने भएकोले दुरुपयोग नगरी सदुपयोगतिर पठन पाठन गरिदा बालबालिका तथा अभिभावकहरुको उद्देश्य पुराहुने रौतामाई ४ का वडाध्यक्ष चन्द्रवहादुर ल्हायो मगरले बताए ।
विद्यालयलाई नमुना बनाउनको लागि दातृ निकाय तथा सहयोगी संस्थाहरुमात्र लागि परेर हुदैन । त्यसको लागि समुदयको सहयोग पनि चाहिन्छ । त्यसैले दुर्गम क्षेत्र अन्तर्गत पर्ने रौतामाई गाउँपालिका, ४ को विद्यालय नमुना बनाउने उद्देश्य सहित केही महिनापछि प्रोजेक्टर र सोलार पनि थप सहयोग वितरण गरिने प्रमुख अतिथि तथा जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले बताए ।
उक्त विद्यालयको नयाँ भवन प्लास्टर देखि विद्यालय घेरावेरा, रङ्ग रोगन र पुरानो विद्यालयको मर्मत सम्हार गरिने बताउदै प्रविधि मैत्री नमुना विद्यालय बनाउने भएकोले २ कोठे आर सिसि भवन ३९ लाख ८९ हजार ४६८ रुपैयाँ बराबरको भवन ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम केही दिनमै सम्पन्न हुने पनि अध्यक्ष पाखरेलले बताए ।
पानीको अभावले गर्दा भवनको निर्माण चरण सम्पन्न हुन अलि ढिलाई भएको बताउदै, सकेसम्म योजना सम्झौता अवधि थप गराइ काम गर्नु पर्ने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रवहादुर राना मगरले बताए ।
समिती भनेको आज होकि भोलि हो, भौतिक सामाग्री भनेको सधैंको हो । त्यसैले सम्पूर्ण गाउँ बासिहरुले संरक्षण र सम्वर्द्धन गर्नलाई अगाडि बढ्नु आवस्यक देखिन्छ ।