ईलाका प्रहरी कार्यालय लहानद्वारा सार्बजनिक सुनुवाइ सम्पन्न

रिपोर्ट नेपाल | 2022 Mar 27 | 12:03 pm 417

  • महेश सिंह

सिरहा, चैत १३ः ईलाका प्रहरी कार्यालय लहानले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ। लहानका इन्चार्ज डा तपन कुमार दाहालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाका उप–मेयर सरियार चौधरी कार्यक्रमको प्रमुख अतिथि रहेका थिए।

बिशिस्ट अतिथिमा उद्योग बाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य रहेका थिए। अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैता यादव, इन्सेकको सिरहाका प्रतिनिधि दुर्गा परियार लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।

दुर्गा परियारका अनुसार शान्ति सुरक्षाको लागि खटिनु हुने प्रहरीको भुमिका समाजमा जग्जाहेर नै रहेको उनले औंल्याएका थिए । प्रहरी जस्तै हामी सम्पूर्ण नागरिकको कर्तव्य हो। हाम्रो वरिपरि भएको पराधी गतिविधिको जानकारी प्रहरीलाई पुर्याउने र घटना लुकाएर हुदैन त्यसलाई कार्बाहीको दायरामा ल्याउनु पर्छ। हामी भन्दा नेपाल प्रहरीको अनुशासन बढी नै हुने गरेको बताए।प्रहरीमा भएको कमि कमजोरीको टिप्पणी गरेका थिए।

इन्चार्ज दाहालका अनुसार प्रहरीलाई भन्नु भन्दा काम गरेर देखाउनु पर्छ। प्रचार बाजी गरेर हुदैन। लागूऔषधमा सिरहामा निकै युवाहरू बिगरिएको हामीले पाएका छौँ। लागूऔषध प्रयोग कर्ता नाकाबाट मात्र हैन खुला बोडर भएकोले चोर बाटो भएर पनि युवाहरूले ओसारपसार गर्ने गरेको हामीले पाएका छौँ।प्रहरी जस्तै नागरिकले पनि सहयोग हुनुपर्छ। लहानबाट १५ महिनामा १ करोड ६० लाख बराबरको राजस्व नेपाल सरकारलाई हामीले बुझाएको दाहालले बताए।

लहानमा मोटरसाईकल चोरीको बिगबिगी निकै मौलाएको छ । ३९ वाटा मोटरसाईकल चोरी भएको मध्ये २९ वटा मोटरसाईकल चालक सहित बुझाएको अवस्था रहेको छ। अपराधमा लहानको प्रहरीले ९० प्रतिशत काम गरेको छ, उनले गर्भ गरेका थिए। आफुले कसैलाई दुःख नदिने हिसाबले काम गरेको उनले सुनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.