इस्मामा भगत र पार्वतीको जोडी भिड्दै

रिपोर्ट नेपाल | 2022 Apr 18 | 05:38 pm 6657

गुल्मी, बैशाख ५ः आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा गुल्मीको इस्मा गाउँपालिकामा नेपाली कांग्रेसले दुई शिक्षित युवालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।

रिपोर्ट नेपालाई प्राप्त जानकारी अनुसार इस्मा गाउँपालिकाका लागि अध्यक्षमा भगत खड्का र उपाध्यक्षमा अधिवक्ता एवं महासमिति सदस्य पार्वती कुँवरलाई उम्मेदवार बनाएको छ ।

अध्यक्ष पदका प्रत्यासी भगत खड्का सानो उमेर देखि नेविसंघको राजनीति गर्दै नेपाली कांग्रेसको क्षेत्रिय सभापति हुँदै जिल्ला सचिव रहेका छन् ।

उपाध्यक्षकी उम्मेदवार पार्वती कुँवर नेविसंघको जिल्ला कार्य समिति हुँदै इस्मा गाउँपालिकाको उपाध्यक्ष र गएको अधिवेशनमा अत्यधिक मत ल्याएर महासमिति सदस्यमा विजयी भएकी हुन् । कुँवर कुशल संगठनकर्ता भएको नेपाली कांग्रेसले जनाएको छ ।

गएको स्थानीय निर्वाचनमा गोकर्ण विष्टका दाई लक्ष्मण विष्टले एमालेबाट जितेको इस्मा यस पटक नेपाली कांग्रेसको पकडमा आउने कांग्रेसको दाबी रहेको छ । एमालेबाट युवा नेता हिरा एसीको चर्चा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.