इरानमा विमान दुर्घटना हुँदा सवार १ सय ७६ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 08 | 12:47 pm 122

काठमाडौं, (एजेन्सी) युक्रेन इन्टरनेशनलको विमान इरानमा दुर्घटना हुँदा त्यसमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको इरानका सञ्चार माध्यमहरुले बताएका छन् ।

बुधबार बिहान इरानको राजधानी तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमै बोइङ ७३७ विमान दुर्घटना भएको थियो ।

उक्त विमानमा १ सय ६७ जना यात्रु र चालक दलका ९ सदस्य थिए । ती सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

इरानको अर्धसरकारी समाचार एजेन्सी आईएसएनएसँग कुरा गर्दै रेड क्रिसेन्टका प्रमुखले भनेका छन्, विमान दुर्घटनामा जिउँदा व्यक्ति फेला पर्ने सम्भावना छैन । रेड क्रिसेन्ट मुस्लिम देशहरुको एक संगठन हो जसले विपदमा परेकाहरुलाई सघाउँछ ।

इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।

नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.