इन्टरपोलको ८८औं महासभामा सहभागी हुन आइजिपी खनाल चिली प्रस्थान

रिपोर्ट नेपाल | 2019 Oct 14 | 08:58 am 61

काठमाडौं, २७ असाेज : प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल चिली प्रस्थान गरेका छन् । सान्टियागोमा सञ्चालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

महासभामा सहभागी हुन गएकाे खनालको नेतृत्वको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

खनालकाे टाेलीमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र ईन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलगायत रहेका छन् ।

यही असोज २८ देखि कात्तिक १ गते सम्म चल्ने महासभामा आइजिपी खनालले सम्बाेधन गर्नेछन् । उनी देशबाहिर रहेकाे अवधिसम्मका लागि प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले कार्यवाहककाे जिम्मेवारी सम्हाल्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.