इनर्जी ड्रिंक्स र जुस आयातमा प्रतिबन्ध

रिपोर्ट नेपाल | 2019 Jun 18 | 07:12 pm 59

काठमाडौं, असार ३ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्लास्टिक र शक्तिवर्धक पेयपदार्थ (इनर्जी ड्रिंक्स)को आयात पूर्ण रुपमा रोक लगाएको छ। मन्त्रालयले निकासी तथा पैठारीसम्बन्धी सूचित आदेशमा भएको व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।

निकासी तथा पैठारी सूचीमा हेरफेर गर्दै सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय, फ्लेभर्ड सिन्थेटिक पेय(जुस) र यस्तै प्रकारका अन्य पेयको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो। मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी गराएको हो।

क्याफिनयुक्त भए नभएको भनेर नापतौल तथा गुणस्तर विभागले प्रमाणिकरण गर्ने छ। यसरी उक्त तत्व भएको पाइएमा भन्सारबाटै फिर्ता गरिने छ।

सरकारले जुसको आयातमा पनि प्रतिबन्ध लगाएको छ। कुनै विशेष फलको रस भनेर आउने जुसमा निर्धारण गरिएको रस बाहेक अरु मिसाउट भए आयात प्रतिबन्ध हुने सरकारले निर्णय गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.