आशिष हत्याका मुख्य अभियुक्त पक्राउ

| 2020 Nov 05 | 05:17 pm 137

काठमाडौं, कात्तिक २०ः गत असोज १४ गते गोरखा अजिरकोट नगरपालिका स्थायी घर भई हाल काठमाडौं धापासी हाईट बस्ने २५ वर्षीय आशिष मगरलाई काठमाडौं टोखा नगरपालिका ५ देवी मन्दिरमा एक समुहले छातीमा छुरा प्रहार गरी गम्भीर घाइते भई उपचारका लागि चिरायु अस्पतालमा लगिएकोमा उनको त्यही मृत्यु भएको थियो ।

उक्त घटनाका मुख्य अभियुक्त भनिएका उदयपुर गाइघाटका रुपेश आले मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धान अनुसार असोज १३ गते आशिष मगरको समुह र रुपेश आले मगरको समुहबीच केटी साथीको विषयमा विवाद भएको र सोही विवादलाई लिएर १४ गते देवी मन्दिरमा पुनः ग्याङ फाइट गर्ने उद्देश्यले एक समुहले अर्को समुहलाई फोन गरी बोलाई झडप भएको र सोही क्रममा रुपेश आले मगरले आफूसँग भएको छुरीले आशिष मगरलाई छातीमा प्रहार गरी फरार रहेका थिए ।

छुरा प्रहार गरी फरार रहेका रुपेश धरान पुगेको अवस्थामा अपराध महाशाखाको टोलीले निरन्तर अनुसन्धान तथा फ्लोअप गरी असोज १८ गते धरान उपमहानगरपालिका ८ भानुचोबाट पक्राउ गरी ल्याई अनुसन्धान गरिएकोमा उक्त घटनमा प्रयोग भएको छुरी कामनपा ३ बाँसबारी क्लब, गंगा गल्ली स्थीत तरकारीबारीबाट बरामद गरी अभियुक्तलाई थप अनुसन्धान कार्यको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको सूचना अधिकारी (प्रवक्ता) प्रहरी उपरीक्षक ईश्वर कार्कीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.