‘आर्टिफिसियल इन्टेलिजेन्स’ले मनको कुरा बुझेपछि…

| 2022 Apr 27 | 08:09 am 417

आर्टिफिसियल इन्टेलिजेन्सका कारण हिजोआज मानिसलाई धेरै कुरा सहज भएको छ । आफू कतै यात्रा गर्दा गल्ली-गल्लीमा रोकिएर यो बाटो कहाँ जान्छ ? भनेर सोधिरहनु पर्दैन । मानिसलाई अब दायाँ लाग, बायाँ लाग भनेर निर्देशन दिँदै जहाँ पुग्ने हो त्यहीँ पुऱ्याउँछ ।
  • बबिता बस्नेत

वर्षौंदेखि हनुमान चालिसा पाठ गर्दै आएकी एक शिक्षकलाई कसैले ‘अहिले पनि के पढेर पाठ गरिरहनुभएको ? युटुबमा पो सुन्ने त’ भनिदियो । बिहान पाँच बजे कहिले आँखा चिम्लिएर कहिले काम गर्दै हनुमान चालिसा सुन्न थालिन् । सुनेको भोलिपल्टदेखि बिहान पाँच बजे युटुब खोल्नासाथ सबैभन्दा पहिला हनुमान चालिसा आउन थाल्यो । त्यसपछि एकपछि अर्को हनुमानका भजन, गीत देखेर उनी छक्क पर्न थालिन् । उनलाई लाग्यो- ‘मेरो यतिका वर्षको तपस्या सफल भयो, मैले मोबाइलमा खोज्दैनखोजी हनुमानजीले मलाई दर्शन दिन थाल्नुभयो ।’ केही दिनअघि यो पङ्क्तिकारसँग उनले यो कुरा भनेपछि एउटा शिक्षकलाई त यस्तो हुन्छ भने सर्वसाधारणलाई कस्तो होला ! भन्ने लाग्यो ।

हुन पनि आफूले कुनै कुरा खोज्यो भने त्यसको फेहरिस्त घरी न घरी हाम्रो कम्प्युटर र मोबाइलमा आइरहेको हुन्छ । आफू दुःखी भएको बेला मानिस कसरी खुशी हुने भन्ने विषयका सामाग्रीहरू आउने, सिनेमा, खेलकुद, कसैका महानवाणी, धर्मशास्त्रको ज्ञान, गीत, भजन, अलि अगाडि जे खोजेको छ एकछिनपछि तिनै ल्याइदिने । सधैं पढ्ने मान्छेको लेख पढ्न पाएको छैन भने लिंक अगाडी राखिदिँदै तिमीले यो लेख पढ्न छुटाएयौ कि ? भनेर सोध्ने । फेसबुकमा तिमी यसलाई साथी बनाउन चाहन्छौ कि भनेर चिनजानका साथीहरूलाई ‘सजेस्टेड फ्रेण्ड’ भनेर अगाडि ल्याइदिने । सारी हेऱ्यो सारीका चाङ मोबाइलको स्क्रिनमा राखिदिने, कुर्ता हेऱ्यो थरिथरिका कुर्ता राखिदिने । जुत्ता, ब्याग, पुस्तक, सिनेमा जे चाहना गऱ्यो त्यही अगाडि हाजिर गराइदिने । आफू जहाँ गयो तिम्रो वरिपरि यी रेष्टुरेन्टहरू छन्, यो सपिङमल छ भनिदिने । कसैलाई केही सोध्नै नपर्ने । बैंकक घुम्न गएका काठमाडौंका एक ब्यापारीले भाइबरमा श्रीमती र बच्चाहरूसँग कुरा गरिसेकपछि मोबाइलमा नेपाली रेष्टुरेन्ट यहाँनेर छ भनेर आएछ । ल… भरखरै मैले श्रीमतीसँग गरेको कुरा मोबाइलले कसरी थाहा पायो ? भनेर उनी छक्क परेछन् । मोबाइलमा अन भएको उनको लोकेशन र केही छिनअघि खोजेको नेपाली रेष्टुरेन्टकै कारण त्यस्तो भइरहेको छ भन्ने बुझ्न उनलाई दुई वर्ष लाग्यो रे !

हिजोआज मानिस एक्लै बस्नु पर्दैन, तपाईंलाई कम्प्युटरमा आर्टिफिसियल इन्टेलिजेन्ससँग तास खेल्न मन छ भने तास खेलिदिन्छ, चेस खेल्न मन भए चेस खेलिदिन्छ । मानिसले मानिसलाई साथी बनाउन विश्वासमा सङ्कट उत्पन्न भइरहेको बेला आर्टिफिसियल इन्टेलिजेन्स मानिसको साथी बनिरहेको छ ।

हामीले चलाउने मोबाइल या कम्प्युटरमा यी कुराहरू मानिसले जस्तैगरी रोजाइ, अवस्थालगायतका कुराहरू बुझ्ने सफ्टवेर राखिएका कारण आएका हुन्, जसलाई आर्टिफिसियल इटेलिजेन्स (कृत्रिम बौद्धिकता) भनिन्छ । ‘आर्टिफिसियल इन्टेलिजेन्स’ यस्तो प्रविधि हो जसले मान्छेजस्तै गर्न सक्छ । मानिसले जस्तो उस्तै कुरा सोच्न सक्दैन किनभने, हरेक मानिसका सोचहरू फरक हुन्छन्, प्रवृत्तिहरू फरक हुन्छन् । भावनाहरूलाई जस्ताको तस्तै ब्यक्त गर्न सक्दैन । तर मानिसको आम प्रवृत्तिलाई भने यसले टिप्न सक्छ । कृत्रिम बौद्धिकतालाई सोच्ने बनावटी शक्ति पनि भन्न मिल्छ । आर्टिफिसियल इन्टेलिजेन्सका कारण हिजोआज मानिसलाई धेरै कुरा सहज भएको छ । आफू कतै यात्रा गर्दा गल्ली-गल्लीमा रोकिएर यो बाटो कहाँ जान्छ ? भनेर सोधिरहनु पर्दैन । मानिसलाई अब दायाँ लाग, बायाँ लाग भनेर निर्देशन दिँदै जहाँ पुग्ने हो त्यहीँ पुऱ्याउँछ ।

आर्टिफिसियल इन्टेलिजेन्सको आविष्कार मेसिनले मानिसले जस्तै काम गरोस् भन्ने उद्देश्यले गरिएको हो । मान्छेको बुद्धिले गर्ने काम मेसिनले गरोस् भनेर यसको परिकल्पना अमेरिकन कम्प्युटर वैज्ञानिक जोन मेक्क्यार्थीले गरेका थिए । यो मुलतः मानिसको बुद्धिलाई मेसिनमा हाल्ने प्रविधि हो । कोभिडका बेला हामीले देख्यौँ चीनका अस्पतालहरूमा औषधी तथा खानेकुराहरू ओल्लो कोठाबाट पल्लो कोठामा लाने काम रोबर्टहरूले गरिरहेका थिए । चीनमा मात्र होइन धेरै मुलुकका अस्पतालहरूमा रोबर्टहरू कामदारका रूपमा काम गरिरहेका छन् । सोफिया नाम गरेकी रोवर्ट विश्वचर्चित छन् । उनलाई हेर्न र उनीसँग बोल्नका लागि मानिसहरूको भीड लाग्ने गर्छ । हिजोआज मानिस एक्लै बस्नु पर्दैन, तपाईंलाई कम्प्युटरमा आर्टिफिसियल इन्टेलिजेन्ससँग तास खेल्न मन छ भने तास खेलिदिन्छ, चेस खेल्न मन भए चेस खेलिदिन्छ । मानिसले मानिसलाई साथी बनाउन विश्वासमा सङ्कट उत्पन्न भइरहेको बेला आर्टिफिसियल इन्टेलिजेन्स मानिसको साथी बनिरहेको छ । एकाबिहानै ती शिक्षकलाई हनुमान चालिसा मोबाइलमा खडा गरिदिने र बैंककमा नेपाली रेष्टुरेन्ट खोजीदिने पनि उही कृत्रिम बौद्धिकता भएको मेसिन हो जो सफ्टवेरको रूपमा हामीले प्रयोग गर्ने प्रविधिमा छ ।

कसैको जन्मदिन, विवाहोत्सव लगायतमा आफूले बधाई या शुभकामना लेखिरहनु पर्दैन, उसैले केकसहितको शुभकामना लेखिदिन्छ । कसलाई लभको साइन पठाउनु पर्ने हो, कसलाई केयरको, वाउ, स्याड, ह्याप्पी मानिसको मुडअनुसारका चिह्नहरू उसले सजेस्ट गर्छ । मानव शरीर र मष्तिष्क दुवैले गर्ने काम मेसिनले गर्न थालेको छ ।

‘आर्टिफिसियल इन्टेलिजेन्स’ कम्युटर साइन्सको उन्नत रूप हो जसले मेसिनमा सुन्ने, बोल्ने र सोच्ने शक्तिको विकास गरेको छ । हिजोआज कम्प्युटरमा कुनै कुरा खोज्दा, इमेलमा पासवर्ड परिवर्तन गर्दा तिमी रोबर्ट हौ कि मान्छे हौ ? भनेर सोधिन्छ । साँच्चिकै मान्छेले म मान्छे हुँ भनेर मात्र पुग्दैन । मेसिनले लेखेका बाङ्गाटिङ्गा अक्षर चिनेर आफू मान्छे हुनुको प्रमाण पेश गर्नुपर्छ । यो सबै आर्टिफिसियल इन्टेलिजेन्सका कारणले भएको हो । अहिले झैँ प्रविधिको विकास नहुँदै यसको परिकल्पना गरिएको थियो । सन् १९७९ मा जोन मेक्क्यार्थीले मानिसका गुणहरू हुने मेसिनबारे लेख लेखेका रहेछन् । लेखमा मेसिनलाई विश्वास गर्न सकिन्छ भनिएको प्रति आपत्ति जनाएर मेसिनलाई कसरी विश्वास गर्ने ? यस्ता कुरा पनि लेख्ने ? भनेर आलोचकहरूले लेखमार्फत विरोध गरेका थिए भनी दस्ताबेजहरूमा भेट्न सकिन्छ । समयक्रममा अहिले स्वास्थ्य क्षेत्रमा ब्यापक रूपमा कृत्रिम बौद्धिकता राखिएका मेसिनले काम गर्न थालेका छन् । ड्राइभरबिना नै गाडी चल्ने प्रविधिको विकास भइरहेको छ ।

मानिसले आविष्कार गरेको कृत्रिम बौद्धिकताको विकासले मानिसलाई भने बेरोजगार बनाउँदै लगेको छ । मेसिनले हिसाब गर्छ, ट्रेन, बस, प्लेन लगायतको टिकट काटिदिन्छ । जोडघटाउ गरेर पैसा फिर्ता दिन्छ । विकसित देशहरूमा टिकट काउन्टरमा मान्छे नै हुँदैनन् । मेसिनमा तलमाथि भयो या टिकट काट्न जानिएन र फोन गऱ्यो भने मेसिनले नै फोन रेस्पोन्स गर्छ । विगतमा फोन उठाउने अपरेटरहरू मानिस हुने गर्थे । अहिले मानिसहरू मेसिनसँग कुरा गर्न थालेका छन् । कम्प्युटरमा टाइप नै गर्नु नपर्ने अवस्था पनि आइसक्यो । मानिसहरू बोल्दै जान्छन्, कम्प्युटरले टाइप गर्दै जान्छ । यो सुविधा सबै भाषामा उपलब्ध छैन, तर उपलब्ध हुँदैन भन्न सक्ने र मिल्ने अवस्था पनि छैन । कसैको जन्मदिन, विवाहोत्सव लगायतमा आफूले बधाई या शुभकामना लेखिरहनु पर्दैन, उसैले केकसहितको शुभकामना लेखिदिन्छ । कसलाई लभको साइन पठाउनु पर्ने हो, कसलाई केयरको, वाउ, स्याड, ह्याप्पी मानिसको मुडअनुसारका चिह्नहरू उसले सजेस्ट गर्छ । मानव शरीर र मष्तिष्क दुवैले गर्ने काम मेसिनले गर्न थालेको छ । मेसिनले मानिसको अनुहार चिन्छ, हाइ, हेल्लो, गुड मर्निङ भन्छ । फेसबुकमा तपाईंले पोष्ट गरेको फोटो कुनै साथीकोमा आफै ट्याग हुनुको अर्थ उसले ती साथीको अनुहार चिनेर हो । हिजोआज मेसिनसँगै हाम्रो बिहानीको सुरुवात हुन्छ र मेसिनसँगै मध्यरात हुन्छ । पति-पत्नी या प्रेमी-प्रेमिका भन्दा मेसिनहरू नजिक भइसके । बौद्धिकता भन्दा कृत्रिम बौद्धिकताले ठाउँ लिँदै जाँदा कतिपय अवस्थामा मानव जाति नै बनावटी जस्तो लाग्न थालिसकेको छ । मानिसको जीवन र कृत्रिम बौद्धिकतावाला मेसिनबीचको फरक छुट्याउनका लागि अनुभूति र भावना मुख्य कुरा हुन् । तर, मानिसका भावनाहरू नै कृत्रिम हुँदै गएको अनुभूति पनि गर्न थालिएको छ । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.