आयल निगमले इन्धनको मूल्य घटायो

रिपोर्ट नेपाल | 2019 Jun 16 | 09:54 pm 82

काठमाडौँ, असार १: आयल निगमले इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले दिएको जानकारी अनुसार भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीमा घटेकाले सोहीअनुसार समायोजन गरिएको जानकारी दिए ।

पेट्रोलियम प्रदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार समायोजन गर्दा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई / दुई रुपैयाँ घटाएको प्रवक्ता गोइतले बताए । नयाँ कायम भएको मूल्यसूची आइतबार राति १२ बजेदेखि लागू हुने बताइएको छ ।

अव पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९६.५० / ९६.५० रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावतनै राखेको छ ।

प्रेस–विज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.