आमाछोदिङ्मोमा एमालेको उम्मेदवारी रद्द

| 2022 Apr 26 | 08:59 am 337

रसुवा, बैशाख १३ः रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदका लागि दिएको उम्मेदवारी रद्द भएको छ ।

पार्टीले राति अबेर दुई जनाको उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत शान्ति प्रसाद लुइँटेलका अनुसार एमालेले सुरुमा तेब्रेल तामाङको उम्मेदवारी दर्ता गराएको थियो ।

तामाङको नाम नयाँ शक्तिबाट समानुपातिकमा देखिएपछि फूर्पुसिङ्गीको नाम दर्ता गराइएको थियो । एउटै पार्टीबाट अध्यक्षमा दुई जनाको नाम दर्ता भएकाले रद्द गरिएको उनले बताए। यसको लागि निर्वाचन आयोगसँग राय लिने उनको भनाइ छ ।

आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.