आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल | 2022 Apr 25 | 06:31 pm 229

काठमाडौं, बैशााख १२ः आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएको अवस्थामा स्थानीय मानिसहरुले फेला पारी घाइतेलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, आफ्नै श्रीमती २८ वर्षीया दिया शर्माको हत्या गरेको अभियोगमा बकैया गाउँपालिका-५ तीन तले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनीलाई आइतबर राति प्रहरीले पक्राउ गरेको छ ।  पवनले घरायसी विवादको कारण सुत्ने कोठामा घाँटी थिची हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी र अस्थाई प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ ।

कर्तव्य ज्यान मुद्दामा संलग्न तीन जना पक्राउ

तनहुँ, कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका-१० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका-८ बस्ने २५ वर्षीय सुशिल बिक र सोही नगरपालिका-३ बस्ने ४७ वर्षीय होम बहादुर बिक रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका-५ गल्छिना बस्ने २९ वर्षीय बिशाल ढुङगाना घर परिवारसँग सम्पर्क बिहिन रहेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही नगरपालिका-४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा संलग्न उनीहरुलाई सोही नगरपालिका-१० ढोरफिर्दीबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.