आफ्नै छोरी बलात्कार गर्ने उपसचिव कानुनको फन्दामा

रिपोर्ट नेपाल | 2019 Jun 11 | 05:30 pm 225

काठमाडौं, जेठ २८:  विगत लामो समय देखि आफ्नै छोरीलाई बलात्कार गर्दै आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत रामश्रय यादवलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी स्थाई घर भई हाल धोबिघाट बस्दै आएका यादवले पटक पटक गरेको बलात्कारको पीडा सहन नसकी प्रहरीमा उजुरी दिएकी थिइन् । घटनाको विवरण थाहा पाएपछि परिवार भित्रै लुकाउने प्रयास गर्दा पीडितले नमानेपछि पीडित आफै गएर जेठ १९ गते महानगरीय प्रहरी परीसर ललितपुरमा उजुरी हालेकी थिइन् । पीडितको उजुरीको आधारमा प्रहरीले यादवलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.