आफ्नै छोराले गरे आमाको हत्या

रिपोर्ट नेपाल | 2020 Sep 14 | 09:25 am 69

झापा, भदौ २९ः जिल्लाको कमल गाउँपालिका–७ मा आइतबार साँझ छोराले आमाको हत्या गरेका छन् । हत्या हुनेमा बाह्रघरे नजिकै मुसहर बस्तीकी ५० वर्षीया आमा मीरा ऋषिदेव रहेकी छन् । उनलाई २१ वर्षीय छोरा दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी को हत्या गरेका हुन् ।

अत्यधिक मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले बताए ।

नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए । हत्या गर्ने छोरालाई गाँउलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि थप अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरिक्षक पण्डितले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.